दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

२०८२ असाढ १८ , बुधवार

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र.३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा धानको भुस भरेको बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित उनीहरूलाई १४ गते पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुर थाहा नगरपालिका–४ पालुङका २८ वर्षीय रवि कार्की, सोही नगरपालिका–१२ टिसटुङका ४६ वर्षीय वीरबहादुर गोले, हेटौँडा उपमहानगरपालिका–१४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७ आपसी चोक निवासी ३१ वर्षीय महेश तमाङलाई पक्राउ गरिएको हो ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ १८ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य