‘बायो इञ्जिनियरिङ प्रविधि’ मार्फत भू–क्षय नियन्त्रण गरिँदै

‘बायो इञ्जिनियरिङ प्रविधि’ मार्फत भू–क्षय नियन्त्रण गरिँदै

२०८२ असार ३२ , बुधवार

तानसेन (पाल्पा) ः तानसेनमा ‘बायो इञ्जिनियरिङ प्रविधि’ मार्फत पहिरो तथा भू–क्षय नियन्त्रण गर्न थालिएको छ । तानसेनस्थित लामिडाँडाको सडकमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो रोकथाम र भू–क्षय नियन्त्रण र्गा थालिएको हो ।

तानसेन नगरपालिका–६ वडा कार्यालयको स्रोतसाधन व्यवस्थापन, भू तथा जलाधार संरक्षण कार्यालयको प्राविधिक सहयोग, सडक डिभिजन कार्यालयको आर्थिक सहयोगमा पहिरो जोखिम क्षेत्रमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरिएको तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रविधिमार्फत ढुङ्गा, माटो, घाँसलगायत वस्तुको प्रयोग गरी पहिरो खस्ने क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनको कार्य गरिन्छ । “यहाँ पहिरोका कारण दुई घर र विद्यालय जोखिममा रहेका थिए । पहिरोबाट घर र विद्यालय जोगाउन बायो इञ्जिनियरिङअन्तर्गत बाँस, अम्रिसो, घाँस रोपिएको हो”, उहाँले भन्नुभयो ।

पहिरोका कारण घर र विद्यालय जोखिममा परेपछि क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो प्रविधि प्रयोग गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अहिलेसम्म दुई पटक भारी वर्षा भए पनि माटो जमेर बसेकाले पहिरो तथा भू–क्षय रोकथाम भएको विश्वास लिइएको उल्लेख गर्नुभयो ।

तत्काल ३५ मिटर लम्बाइमा बाँसको वाल उठाएर पहिरो तथा भू–क्षय रोकथाम नियन्त्रणको प्रयास गरिएको निर्माण कम्पनीका प्रतिनिधि प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाँच÷छ मिटर गहिराइमा बाँस गाडिएको छ, यसले माटो बग्नलाई रोक्छ ।”

श्रेष्ठका अनुसार बायो इन्जिनियरिङले भू–क्षय, पहिरो जानबाट रोक्नुका साथै हरियाली बनाउने भएकाले यो प्रभावकारी उपाय हुनसक्ने धारणा राख्नुभयो । उहाँले यो प्रविधिमार्फत निर्माण गरिएका संरचना र आसपासका क्षेत्रमा पानीले माटो बगाएर नोक्सान हुनबाट जोखिने बताउनुभयो ।

“हिउँदमा हावाले माटो उडाउने समस्या पनि यसले रोक्ने छ । माटोको करिब पाँच इनच माथिको भागमा रुख बिरुवाका जराले समाएर बलियो बनाउनका लागि बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरिन्छ । हेर्दा सामान्य देखिए पनि माटो काट्ने समस्या अन्त्य गर्न नयाँ संरचना निर्माण गर्ने क्षेत्रमा यो प्रविधि महत्त्वपूर्ण र प्रभावकारी हुनेछ”, उहाँले भन्नुभयो ।

यो प्रविधि पहाडी क्षेत्रमा प्रभावकारी भएको श्रेष्ठको भनाइ छरु। पछिल्लो समय पहाडका कतिपय ठाउँहरूमा यो प्रविधि प्रयोग गरी पहिरो र भू–क्षय रोक्ने प्रयास थालिएको बताउँदै उहाँले यो सरल, तुलनात्मक रूपमा कम खर्चिलो र प्रभावकारी देखिएको उल्लेख गर्नुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ असार ३२ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य