बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

२०८२ असार २५ , बुधवार

काठमाडौं–अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरेको छ । बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेश्नलसंगको सहकार्यमा सोमबार एक कार्यक्रम गरी कम्पनीले यसवारे जानकारी दिएको हो ।

काठमाडौंका स्थानिय मेकानिकलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमले वोश ब्रान्डको स्पयेर पाट्र्सको बजारिकरणमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । कार्यक्रममा स्थानिय वितरक, मेकानिक्स र बोश भारतका विशिष्ट व्यक्तित्वहरु सहित १५० जना बढि सहभागि थिए ।

नेपाली बजारकै लागि भनेर विशेष रुपले डिजाइन गरिएको यस एप बोश प्लेटफर्ममा दर्ता भएका मेकानिक्सलाई लक्षित गरि ल्याइएको हो । कार्यक्रममा बोल्दै बोश मोबिलिटी आफ्टर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टर मार्केट क्षेत्रको लागि एक महत्वपूर्ण बजार रहेको बताइन ।

  • प्रकाशन मिति : २०८२ असार २५ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य