इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

२०८२ असाढ १८ , बुधवार

चितवन ः इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार रु तीन करोड १९ लाख ६३ हजार १२८ को लागतमा ती घर निर्माण गरिएको हो ।

उहाँका अनुसार वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर चारमा छ, वडा नम्बर ५ मा पाँच, वडा नम्बर ६ मा आठ र वडा नम्बर ७ मा नौ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

वडा नम्बर ४ को खैरहनीटार स्थित कमला चेपाङलाई हस्तान्तरण गर्न निर्माण गरिएको घरमा कार्यक्रमको आयोजना गरी सबै परिवारलाई घर हस्तान्तरण गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले क्रमश ग्रामीण क्षेत्रका विपन्न परिवारलाई घर निर्माण गर्नुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष गुरुङले वडाहरुले छनोट गरेका परिवारलाई कार्यपालिकाले निर्णय गरी घर निर्माण गरेको बताउनुभयो । गत आर्थिक वर्षमा २२ वटा घर निर्माण गरेकोमा चालु आवमा दोब्बर सङ्ख्यामा घर बनाइएको हो ।

अधिकांश पहाडी भूभाग रहेको इच्छाकामनामा बहुसङ्ख्यक चेपाङ बसोबास गर्छन् । घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालसहित वडा अध्यक्षलगायत स्थानियको सहभागीता रहेको थियो ।

यस्तै विजय स्मारक मावि, भानु मावि, संस्कृत बौद्घ मावि, रत्नराज्य मावि, महेन्द्रबौद्ध मावि, नवजागृति मावि, जनकल्याण मावि, ज्ञानोदय मावि, जनप्रभात मावि, नील बाराही मावि, कुलेश्वर मावि, जन विकास मावि, जनपथ मावि, शान्ति निकुञ्ज मावि, नेपाल आदर्श मावि, बाल सेवा मावि, विश्व निकेतन मावि, गुहेश्वरी बाल शिक्षा मावि, सरस्वती निकेतन मावि, कन्या मन्दिर माविका विद्यार्थीको पनि सहभागिता छ ।साथै शान्ति शिक्षा मन्दिर मावि, गीतामाता मावि, शारदा मावि, भिमसेनगोला मावि, शीतला मावि, सिद्धिगणेश मावि, तरुण मावि, जुद्धोदय मावि, नेपाल युवक मावि, जनजागृति ज्ञान रश्मि मावि, सिद्धेश्वर मावि, कोटेश्वर सरस्वती माविका विद्यार्थीले सृजना गरेका कलाकृतिहरू यहाँ राखिएका छन् ।

यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूले सृजना गर्नुभएका कलाकृति समावेश गरेर ‘एकता’ शीर्षकमा सोही कार्यक्रममा अर्काे कला प्रदर्शनी पनि सुरु भएको छ । आजको उद्घाटन कार्यक्रममा ४६ विद्यालयका विद्यार्थीको पनि सहभागिता थियो ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ १८ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य