जुम्लामा चट्याङबाट १९७ भेडा मरे

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

२०८२ असार २५ , बुधवार

जुम्ला ः जुम्लामा चट्याङबाट १९७ भेडा मरेका छन् । जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिनुभयो ।

“पाटनमा छ जना किसानका भेडा मरेका रहेका छन् । कुन किसानका भेडा कति मरे छन् भन्ने तथ्याङ्क सङ्कलन भइरहेको छ”, प्रनाउ रेग्मीले भन्नुभयो, “ पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ परेको भन्ने खबर प्राप्त भएको छ ।”

सुरक्षा निकाय र स्थानीयवासिको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना भइरहेको उपरीक्षक रेग्मीको भनाइ छ । उहाँका अनुसार चट्याङले घाइते भएका सिंजा गाउँपालिका भाडगाउँका ५२ वर्षका धनबहादुर रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते रावतको स्वास्थ्य अवस्था सामान्य रहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ असार २५ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य