काठमाडौँका ४६ विद्यालयका विद्यार्थीद्वारा सिर्जित कला प्रदर्शनी

काठमाडौँका ४६ विद्यालयका विद्यार्थीद्वारा सिर्जित कला प्रदर्शनी

२०८२ असाढ १८ , बुधवार

काठमडौँ, १३ असारः काठमाडौँ महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा महानगरअन्तर्गतका ४६ विद्यालयमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत विद्यार्थीबाट सिर्जित कलाकृतिको १३ असार देखि प्रदर्शनी सुरु भएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै शिक्षा र कलालाई सँगसँगै जोडेर लैजान जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो हेर्दा सामान्यजस्तो लाग्छ तर समाजमा भोलि सृजनात्मक रूपले बौद्धिक र प्राज्ञिक क्षेत्रमा जानुका साथै विभिन्न व्यक्तित्व निर्माणका लागि पनि प्रारूपमा कला सृजना आधारभूत विषय हो ।” प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा करिब एक हजार ३०० भन्दा बढी विद्यार्थीले सृजना गरेका चित्र तथा मूर्ति राखिएको जानकारी दिनुभयो । उहाँले सृर्जनशील समाजसँगै सृर्जनशील नागरिक बनाउन कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै यस प्रदर्शनीले भोलिका दिनमा नेपाल कस्तो हुन्छ भनेर चित्र÷मूर्तिमार्फत सङ्केत गरिएको धारणा राख्नुभयो ।

कार्यक्रम संयोजक एवं प्रतिष्ठानका बहुआयामिक तथा अन्य सृजनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कलाकार बन्नु उपलब्धिमूलक भएकाले अन्य क्षेत्र जत्तिकै यस क्षेत्रमा प्रगति गर्न सकिने बताउनुभयो ।

यही असार १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा काठमाडौँ महानगरअन्तर्गतका पशुपति मित्र स्रोत केन्द्र मावि, श्रम राष्ट्रिय मावि, बाल व्यसायी केन्द्र मावि, शिवपुरी मावि, शान्ति विधागृह मावि, बाँसबारी मावि, महेन्द्र राष्ट्रिय मावि, धुम्रबराह मावि, टङ्गाल मावि, नन्दी मावि, पद्मोदय मावि, सहिदशुक्र मावि, पद्मकन्या माविका विद्यार्थीको सृजना समावेश छ ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ १८ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य