‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’

‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’

२०८२ असार ३२ , बुधवार

काठमाडौँ ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

साताव्यापी चीन भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किनु भएका उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले नेपालको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर सहयोग गर्दै आएको र त्यसलाई निन्तरता दिने प्रतिबद्धता जनाएको बताउनुभयो ।

सिपिसीको निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी उहाँले सिपिसीका नेताले नेपाललाई विकास सहायता प्रदान गर्नेतर्फ आफूहरु सधैँ सकारात्मक रहेको बताएका जानकारी दिनुभयो ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सत्तरिऔँ वर्ष पुगेको सन्दर्भमा नेता खनाल चीन भ्रमणमा जानुभएको हो । बेइजिङमा रहँदा उहाँले सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

रासस

  • प्रकाशन मिति : २०८२ असार ३२ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य