एनएसपीएल टी–१० क्रिकेट प्रतियोगिता हुँदै

एनएसपीएल टी–१० क्रिकेट प्रतियोगिता हुँदै

२०८२ असार २५ , बुधवार

काठमाडौं ः ‘डिजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि’को आयोजनामा टी–१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)’ हुने भएको छ ।

आगामी असोज १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक संस्थाका अध्यक्ष जानु सिंहले सिङ्गल राउन्ड रोविन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कूल २४ खेल हुनेछन् । प्रतियोगिताका खेल भने काठमाडौँको मूलपानीस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन् । उक्त प्रतियोगिताको ‘ब्रान्ड एम्बासडर’को रूपमा अभिनेता निखिल उप्रेती हुनुहुन्छ ।

‘स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त एनएसपीएलको विजेता टोलीले रु २१ लाख तथा उपविजेताले रु ११ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्देश्य देशभरका उदीयमान क्रिकेट खेलाडीहरूलाई राष्ट्रियस्तरमा प्रतिभा देखाउन ‘प्लेटफर्म’ दिने रहेको आयोजकले जनाएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ असार २५ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य