पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

२०८२ असार ३२ , बुधवार

चितवन ः मौरी विकास कार्यक्रम भण्डाराले पहिलो पटक कृत्रिम गर्भाधानबाट मौरीको रानु उत्पादन गरेको छ । एआई (आर्टिफिसियल इनसेमिनेसन) प्रविधिबाट पाँच वटा मौरीको रानु उत्पादन गरिएको हो ।

कार्यक्रमका प्रमुख सुजन अम्गाईंका अनुसार अमेरीकाको युनिर्भसिटी अफ फ्लोरिडाका मौरी प्रजननविज्ञको प्राविधिक सहयोगपछि रानु उत्पादन गरिएको हो । मौरीको नश्ल सुधारका लागि कृत्रिम प्रविधिबाट रानु उत्पादन गरिएको हो । तालिम प्राप्त युवा कृषक एलिस महर्जन र मौरीपालन विकास कार्यक्रमका प्राविधिकहरूको सहकार्यमा रानु मौरी उत्पादन गरिएको अम्गाईंले जानकारी दिनुभयो ।

कार्यालयको निरन्तरको प्रयासपछि पहिलो पटक रानु उत्पादनमा सफलता प्राप्त गरिएको उहाँले बताउनुभयो । मौरीपालन विकास कार्यक्रमले अघिल्लो आर्थिक वर्षमा एउटा रानु मौरी उत्पादन गरे पनि त्यसलाई बचाउन सकेको थिएन । हाल भने उत्पादन गरिएका रानुलाई बचाउन सकिएको कार्यक्रम प्रमुख अम्गाईंले बताउनुभयो । नयाँ प्रविधिबाट उत्पादित रानु मौरीले मह उत्पादन बढाउन सहयोग पु¥याउने र त्यसमा रोग प्रतिरोधी क्षमता बढी हुने जनाइएको छ । यसको जीवनचक्र र असरबारे भने अध्ययन गर्न बाँकी छ ।

कृत्रिम गर्भाधानका लागि मेरीफेरा जातको मौरी प्रयोग गरिएको थियो ।

रासस

  • प्रकाशन मिति : २०८२ असार ३२ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य