पुरुष भलिबलको उपाधि रामजानकीलाई

पुरुष भलिबलको उपाधि रामजानकीलाई

२०८२ असार ३२ , बुधवार

दोधारा चाँदनी (कञ्चनपुर), ः खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी रामजानकी टोलीले जितेको छ ।

महेन्द्रनगरस्थित कभर्डहलमा सम्पन्न उक्त प्रतियोगितामा आयोजक भलिबल प्रशिक्षण केन्द्रलाई ३–२ सेटले पराजीत गर्दै रामजानकी विजेता बनेको हो । विजेता रामजानकीले रु एक लाख एक हजार एक सय एघार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा उप–विजेता बनेको भलिबल प्रशिक्षण केन्द्रले रु ५१ हजार एक सय एघार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा तृतिय भएको शिखर बहुउद्देश्यीय सहकारीले रु ३१ हजार एक सय एघार पुरस्कार पायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुरज चुनारा घोषित भए । प्रतियोगितामा उत्कृष्ट स्पाइकर सन्तोष खत्री, उत्कृष्ट सर्भर सुनिल बोहरा, उत्कृष्ट ब्लकर जित दुङ्गल, उत्कृष्ट सेटर सन्देश चन्द र उत्कृष्ट डिफेन्डर लक्की तिरुवा घोषित भए ।

विजेता टोली तथा खेलाडीलार्ई जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, जिल्ला भलिबल सङ्घ कञ्चनपुरका अध्यक्ष श्यामसिंह मौनीलगायतले नगद तथा प्रमाणपत्र वितरण गरे । जिल्ला भलिबल सङ्घको आयोजनामा महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा बुधवारदेखी सुरु भएको उक्त प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।

रासस

  • प्रकाशन मिति : २०८२ असार ३२ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य