सचिव दुरा सम्मानित

सचिव दुरा सम्मानित

२०८२ असाढ १८ , बुधवार

काठमाडौँ, १५ असारः दुरा सेवा समाजले सङ्घीय संसद् सचिवालयका सचिव सुरजकुमार दुरालाई सम्मान गरेको छ । अल्पसङ्ख्यक दुरा समुदायबाट सङ्घीय संसद्को सचिव पदमा पुगी सो जातिको नाम राखेकामा समाजले सम्मान गरेको हो ।

दुरा समाजको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा परम्परागत शैलीमा सचिव दुरालाई सम्मान गरिएको हो । केही दिनअघि मात्र उहाँ सचिवमा बढुवा हुनुभएको थियो ।

सो अवसरमा सचिव दुराले आफ्नै समुदायले गरेको सम्मानले आफूलाई भावुक बनाएको र कर्तव्यपथमा निरन्तर लाग्न मार्गदर्शन गरेको बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ १८ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य