सप्तकोशीको भगनी चौकमा नाली निर्माण सम्पन्न, अबैध संरचना हटाएर जनतामैत्री कार्य सम्पन्न

सप्तकोशीको भगनी चौकमा नाली निर्माण सम्पन्न, अबैध संरचना हटाएर जनतामैत्री कार्य सम्पन्न

२०८२ असार २५ , बुधवार

सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित भगनी चौकमा नाली निर्माण कार्य सम्पन्न भएको छ । सडक बोर्ड बाट ९ लाख ५० हजार ४७६ रुपैया र नगरपालिकाबाट ४ लाख ७ हजार ३४६ रुपैयाँ साथै उपभोक्ता समितिको लागत सहभागिता ३ लाख २९ हजार १६९ रुपैया गरी कुल १६ लाख ८६ जजार ९९१ रुपैयाँको बजेटमा उपभोक्ता समितिमार्फत यो आयोजना सम्पन्न भएको हो ।

यो आयोजनाको सफलताले विकासका कार्यमा नगर र वडास्तरको समन्वय कति प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । स्थानीय वडाध्यक्ष हरिलाल साहको पहल, उपभोक्ता समितिको सक्रियता र मेयर कृष्णप्रसाद ढकालको दृढ इच्छाशक्तिले गर्दा वर्षौंदेखि उपेक्षित रहेको सडक किनारको अव्यवस्थित ढल निकास अब व्यवस्थित भएको छ ।

मेयर बालेन शैलीमा अवैध संरचनामाथि जेसिबी

यो आयोजना मात्र नभई, यसअघि सम्पन्न भएको एक ऐतिहासिक निर्णयले अझ बढी चर्चा पाएको छ । चौकको पश्चिमपट्टि सार्वजनिक सडक मिचेर बनाइएको अवैध संरचना हटाउन मेयर ढकाल र वडाध्यक्ष साहले कडा अडान लिएका थिए ।

तीन दशकदेखि अवैध रूपमा कब्जा गरिएको त्यो स्थान हटाउन कोही पनि सफल नभएको अवस्थामा, मेयर ढकालले काठमाडौंका मेयर बालेन शाहको शैलीमा जेसिबी चलाएर संरचना भत्काउने साहसिक कदम चालेका थिए ।

जनतालाई वर्षौंदेखि पिरोलिरहेको सार्वजनिक क्षेत्र

अतिक्रमणको अन्त्य भएपछि स्थानियवासीहरु खुलेर मेयर र वडाध्यक्षको प्रसंशा गरिरहेका छन् । “हामीले यस्तो कार्य पहिलो पटक देख्यौं, जोसले कुरा मात्र होइन, काम गरेर देखाएका छन्,” एक स्थानीय बासिन्दाले प्रतिक्रिया दिए । राजनीतिक मौनता र जनताको पक्षमा लिएको अडान

विगतमा स्थानीय नेताहरूले राजनीतिक स्वार्थका कारण यस्तो अतिक्रमणविरुद्ध कारबाही गर्न नसक्दा जनताको भरोसा गुम्दै गएको थियो । तर, मेयर ढकालको निर्णायक कदमले जनताको भरोसा पुनःस्थापित गरेको छ । दशकौंसम्म बोल्दै नबोलेका ‘सत्ता चलाउनेहरु’ अहिले मौन छन्, जबकि जनता खुलेर स्थानीय नेतृत्वको प्रशंसा गरिरहेका छन् ।

उपसंहार

नगरपालिकाको योजनामा पारदर्शिता, कडाइ र सेवा प्रवाहमा देखिएको इमान्दारिता विकासका उदाहरणीय कार्यका संकेत हुन । अब यसैगरी अन्य वडाहरूमा पनि विकास योजनाहरूमा पारदर्शिता र दृढता देखिएमा सप्तकोशी नगरपालिका नमुना नगर बन्ने आशा गर्न सकिन्छ ।

रु कैलाश माझी, सप्तकोशी

  • प्रकाशन मिति : २०८२ असार २५ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य