सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

२०८२ असार २५ , बुधवार

जनकपुर ः धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा राखेको भन्ने सूचनाका आधारमा ३० जनाको सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले बताउनुभयो । भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ असार २५ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य