श्रेणीविहीन कर्मचारीको माग सम्बोधन गर्न आजपाको माग

श्रेणीविहीन कर्मचारीको माग सम्बोधन गर्न आजपाको माग

२०८२ असार २५ , बुधवार

काठमाडौँ ः आम जनता पार्टी (आजपा)ले तल्लो तहमा काम गर्ने श्रेणीविहीन कर्मचारीहरूको माग सम्बोधन गर्नका लागि राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई ज्ञापनपत्र बुझाएको छ । प्रतिनिधिसभाबाट पारित ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ मा श्रेणीविहीन कर्मचारीलाई प्रवेश निषेध गरेपछि आजपाले विरोध जनाएको छ ।

आजपाले आज राष्ट्रियसभाका अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाएको हो । आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा श्रेणीविहीन कर्मचारीहरूको सम्पूर्ण अधिकार सुनिश्चित गर्न÷गराउन विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने माग गरेको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ असार २५ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य